इरान फुटबल

इरानी टिमप्रति आफ्नो कुनै चासो नरहेको इमानकोचिको प्रतिक्रिया

थेरान । ब्रान्को इभानकोभिचले कतार विश्वकप २०२२ मा इरानको टोली सम्हाल्न कुनै इच्छा नभएको प्रतिक्रिया दिएका छन् । उनले इरानका हालका मुख्य प्रशिक्षक ड्रागन स्कोसिकबारे आएको खबरबारे आफ्नो चासो नरहेको समेत जनाए ।

इरानको समाचार समिति आइआरएनएले सोमबार सोकिचलाई इरानको प्रशिक्षकबाट बर्खास्त भएको खुलाएको थियो । यद्यपि, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सोकिचले इरानी एफए बोर्डसँग भेटवार्ता गरेको र उनलाई आधिकारीक रुपमा बर्खास्त नगरिए पनि आगामी दिनमा पदमुक्त गर्न सकिने खबर सार्वजनिक गरेका छन् ।

सन् २०२० मा मार्क विल्मोट्सको राजीनामा पछि इरानी टिमको जिम्मेवारी सम्हालेका स्कोसिचको नेतृत्वमा १८ खेलमा १५ खेल जितेको छ ।

इरानले छनोट चरणमा समूह विजेताको रुपमा विश्वकपमा स्थान बनाएको थियो । जुन समूहमा दक्षिण कोरिया पनि थियो । विश्वकप तेस्रो चरणको छनोटमा कुल आठ खेलमध्ये इरानले एक खेलमा मात्र हार बेहोरेको थियो ।

स्कोसिच पदमुक्त हुने समाचार सार्वजनिक भएसँगै केही इरानी सञ्चारमाध्यहरुले इभानकोभिचलाई नयाँ प्रशिक्षकको प्रवल सम्भावित अनुहार भएको खबर सार्वजनिक गरेका छन् ।

तर, हाल ओमानको मुख्य प्रशिक्षण सम्हालिरहेका इभानकोभिचले भने आफूलाई स्कोसिचको स्थानमा इरानको प्रशिक्षण सम्हाल्न असहज महसुस हुने बताए ।

‘म निकै निराश छु । इरानका पत्रकारहरु मलाई दैनिकजसो कुराकानीका लागि बोलाउने गर्दछन् । अहिले म निकै असहज महसुस गरिरहेको छु र उनीहरुले नै मलाई यो अवस्थामा पुर्याएका हुन् । अहिले इरानमा प्रशिक्षकको बर्खास्तबारे खबर आउनासाथ उनीहरु मेरो र कार्लोस क्वेरोजको नाम जोड्छन्,’ इमानकोभिचले भने ।

‘यद्यपि, हालसम्म इरानको आधिकारिक निकायले हालसम्म मसँग वार्ता गरेको छैन । तर, ओमानले मेरो सम्झौता सन् २०२४ सम्मका लागि थपेको छ । इरानको प्रशिक्षण मेरो कुनै चासो छैन ।’