जेरार्ड पिके

पिके र शाकिराको सम्बन्धविच्छेद

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिके र चर्चित गायिका शाकिराले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् ।

कोलम्बियन गायिका शाकिरा र पूर्व स्पेनिस रक्षक पिकेले शनिबार १२ वर्षे लामो सम्बन्ध टुङ्ग्याउने निर्णय गरेका हुन् ।

सन् २०११ देखि एकसाथ रहदै आएका पिके र शाकिराको दुई बालबच्चा छन् ।

‘हामी दुःखसाथ अलग हुँदैछौं भनेर पुष्टि गर्न चाहन्छौं,’ पिके र शाकिराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो बालबालिकाको भलाई, जुन हाम्रो प्रमुख प्राथमिकता हो, हामी उनीहरुको व्यक्तिगत स्वतन्त्रताप्रति सँधै चनाखो छौं । बुझिदिनुभएकोमा धन्यवाद ।’