पउल पाेग्बा

पोग्बा विश्वको उत्कृष्ट मिडफिल्डर हुन्ः सेज्जनी

रोम । युभेन्टसका गोलकिपर ओइजैज सेज्जनीले पउल पोग्बा विश्वको उत्कृष्ट मिडफिल्डरको संज्ञा दिएका छन् ।

युनाइटेडसँग पोग्बाको सम्झौता यहीं महिना सकिएपछि युनाइटेडले उनले क्लब छाडेको घोषणा गरेको थियो । फ्रेन्च मिडफिल्डर पोग्बा सन् २०१६ मा युभेन्टसबाट युनाइटेडमा अनुबन्ध भएका थिए ।

सन् २०१२ देखि २०१६ सम्म युभेन्टसबाट खेलेका पोग्बाले चार पटक लिगको उपाधि जितेका थिए । त्यसपछि युनाइटेडका आएका पोग्बा अहिले पुनः युभेन्टस फर्किने चर्चा चलेको छ ।

‘हामी पोग्बालाई स्वागत गर्न तयार छौ । उसले युभेन्ट्समा अघिल्लो पटक उत्कृष्ट प्रदर्शन गरेका थिए, त्यसैले उ टिममा जोडिनु राम्रो हो,’ उनले भने, ‘पोग्बा राम्रो क्षमता र अनुभव भएका खेलाडी हुन् । उनीसँग क्लबका राम्रा सम्झनाहरु छन् ।’