सहिद स्मारक सी

झापा 'सी' डिभिजन च्याम्पियन

काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक 'सी' डिभिजन लिग च्याम्पियन बनेको छ । 

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम खेलमा झापाले स्वयम्भु क्लबलाई ४-२ ले पराजित गर्दै 'सी' डिभिजन लिगको उपाधि जितेको हो । 

जितसँगै १३ खेलबाट ३४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको झापाले यसअघि नै 'बी' डिभिजन लिगको टिकट काटिसकेको थियो । 

एन्फा कम्प्लेक्समा विशाल खवासले दुई गोल गरेपछि झापाको जित सहज बनेको थियो । तेस्रो मिनेटमा झापालाई अग्रता दिलाएका विशालले मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा त्यसलाई दोब्बर पारे । 

४८औ मिनेटमा मनिस लिम्बुले झापाको अग्रतालाई ३-० मा पुर्याए । ५१औ मिनेटमा स्वयम्भुका रोशन क्षेत्रीले एक गोल फर्काएका थिए । तर, ५५औ मिनेटमा पुजन राईले गोल गर्दै झापाको अग्रता ४-१ मा पुर्याए । ६७औं मिनेटमा पाल्साङ लामाले स्वयम्भुबाट दोस्रो गोल गरेका थिए । 

'सी' डिभिजन लिगका लागि छ्नोट भएको दोस्रो सिजन झापा 'बी' डिभिजनमा उक्लिन सफल भएको हो ।