च्याम्पियन्स लिग

आफ्ना खेलाडीलाई जितको लय कायम राख्न एन्सेलोट्टीको आग्रह

मड्रिड । स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले क्लबका खेलाडीहरुलाई आफ्नो स्वभाविक लय कायम राख्न आग्रह गरेका छन् ।

प्रशिक्षक एन्सेलोट्टीले युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुलविरुद्ध खेल्नुअघि खेलाडीहरुलाई जितको भोक र आफ्नो स्वभाविक लय कायम राख्न आग्रह गरेका हुन् । रियालले मे २९ मा च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

‘हाम्रो प्रदर्शन अहिले निकै राम्रो छ र आत्मबल पनि निकै बढेको छ,’ एन्सेलोट्टीले भने, ‘ला लिगाको उपाधिपछि अब हामीलाई च्याम्पियन्स लिग उपाधिको चुनौती छ । मलाई थाहा छ हामीसँग निकै कम समय छ । तर, हामीले जितको लयलाई कायम राख्न आवश्यक छ ।’