सहिद स्मारक सी डिभिजन लिग

खालिबारीको दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजनमा खालिबारी युथ क्लबाले दोस्रो जित निकालेको छ ।

लिगअन्तर्गत आइतबारको पहिलो खेलमा खालिबारीले ओसिस क्लबलाई ३–१ ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको दोस्रो मिनेटमै सन्दीप गुरुङले गरेको गोलबाट खालिबारीले अग्रता लिएको थियो ।

१०औं मिनेटमा सन्दीपले नै खालिबारीको अग्रता दोब्बर पारे । यस्तै, अभय रानाले ३३औं मिनेटमा खालिबारीलाई ३–० को अग्रता दिएका थिए ।

ओसिसका समिर कार्कीले ३८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै ६ खेलबाट नौ अंक जोडेको खालिबारी तालिकाको सातौं स्थानमा उक्लिएको छ । यस्तै समान खेल खेल्दा पनि अंकविहिन रहेको ओसिस तालिकाको पुछारमा छ ।