इङ्लिस प्रिमियर लिग

बराबरीमा रोकियो चेल्सी

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा रोमेलु लुकाकुले ५६औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि लुकाकुले नै चेल्सीको अग्रता दोब्बर पारेका थिए । तर, खेलको ७९औं मिनेटमा फ्रान्सिस्को ट्रिनिकाओले र इन्जुरी समयमा कोनोर कोयडीले गोल गरेपछि वुल्भ्स खेलमा फर्किएको थियो ।

बराबरीसँगै ३५ खेलबाट ६७ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ३५ खेलबाट ५० अंक जोडेको वुल्भ्स तालिकाको आठौं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत आजै भएको अन्य खेलहरुमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।