कोपा इटालिया

इन्टर फाइनलमा

मिलान । चिरप्रतिद्धन्द्धी एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टर मिलान मंगलबार कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।
गत महिना मिलान र इन्टरले सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । 

सान सिरोमा खेलको चौथो मिनेटमै मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लिएको थियो । ४० औं मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले इन्टरको अग्रता ३-० मा पुर्याएका थिए ।

मिलानमाथिको जितपछि इन्टर यस सिजन दोस्रो घरेलु उपाधिको संघारमा पुगेको छ ।  इन्टरले यसअघि सुपरकोपा इटालियाको उपाधि जितिसकेको छ ।

सिरी ‘ए’ मा भने इन्टर ६९ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मिलान भन्दा दुई अंक कम हो । मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ । 

इन्टर ११ वर्ष पछि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । सो फाइनलमा इन्टरले  पालेमोलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो । 

इन्टरले शनिबार सिरी ‘ए’ मा एएस रोमालाई आतिथ्य गर्नेछ भने मिलानले आइतबार लाजियोविरुद्ध खेल्नेछ ।