रुस-युक्रेन तनाव

रुसले प्रतिबन्धविरुद्धको अपील फिर्ता लियो

मस्को । रुसले अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्धविरुद्धको अपील फिर्ता लिएको छ । आफ्नो राष्ट्रिय टोली बीनै विश्वकप छनोटको खेलहरु सञ्चालन भएपछि रुसले अन्तर्राष्ट्रिय प्रतिबन्धविरुद्ध ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टस्’ (सिएएस) मा गरेको अपील फिर्ता लिएको हो ।

युक्रेनमाथि सैन्य कारवाही अघि बढाएपछि फिफा र युइएफएले रुसको राष्ट्रिय टोलीसहित सबै क्लबहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धसँगै भलेरी कार्पिनको प्रशिक्षणमा रहेको रुसले विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा पोल्यान्डविरुद्धको खेल खेल्न पाएको थिएन । प्लेअफ खेल मार्च अन्तिममा हुने तय भएकोले रसियन फुटबल युनियन (आरएफयु) ले प्रतिबन्ध केही ढिलो लगाउन आग्रह गरेको थियो । तर, ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टस्’ (सिएएस) ले रुसको यो आग्रह खारेज गरेको थियो ।

यसैकारण, सोझै प्लेअफको फाइनलमा स्थान बनाएको पोल्यान्डले चेक गणतन्त्रलाई पराजित गर्दै विश्वकपको टिकट काटेको थियो ।

सिएएसले मंगलबार आरएफयुले गतहप्ता गरेको अपील फिर्ता लिएको जनाएको हो ।