सपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमको साथ

काठमाडौं । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ 

धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका ८ वटा विधामध्येको स्पेशल अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेर साथ दिएको हो । 

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशीले हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिदैं डाक्टर निराजनदत्त शर्मा पौडेलले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

 उनले आफुहरु पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहदैं आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरुलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए । 

कैलालीको धनगढी स्थित गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।

 त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ ।

 यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ । 
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष गरि विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । 

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै वर्ष पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनय सार्वजनिक गरिसकेको छ । 
वर्ष पुरुषको मनोनयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्रसिंह ऐरी ब्याडमिन्टका प्रिन्स दाहाल, फटबलका टेकेन्द्र थापा तथा महिलामा फुटबलकी उसा नाथ,भलिबलकी सरस्वती चौधरी र एथ्लेटिक्सकी राजपुरा पछाई रहेका छन् । त्यसै वर्ष प्रशिक्षकको मनोनयमा भलिबलका जगदिश भट्ट, फुटबलका ललित चन्द र बक्सिका डम्बर दत्त भट्ट तथा युवा खेलाडीको मनोनयमा क्रिकेटका लोशेश बम, फुटबकी चन्द्रा भण्डारी र भलिबलका विशाल भण्डारी रहेका छन् ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५-३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५-२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।