कतार विश्वकप २०२२

विश्वकपमा २६ सदस्यीय टोली राख्ने फिफाको प्रस्तावमा साउथगेटको समर्थन

लन्डन । इङ्लिस फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले सन् २०२२ को विश्वकपका लागि फिफाले ल्याएको परिवर्तनको प्रस्तावमा समर्थन जनाएका छन् ।

कतार विश्वकपका लागि फिफाले यसअघि रहेको २३ सदस्सीय टोली बढाएर २६ पुर्याउने सम्भावनाका बीच साउथगेटले यसमा आफ्नो समर्थन व्यक्त गरेका हुन् । यसअघि युइएफएले युरो २०२० मा एक टोलीले २६ सदस्यीय खेलाडी राख्ने अनुमती दिएको थियो ।

इङ्ल्यान्डले सेप्टेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । १६औं पटक विश्वकपमा स्थान बनाएको इङ्ल्यान्डले विश्वकपमा पहिलो पटक इरानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

‘यो प्रस्तावप्रति प्रशिक्षकहरुको बैठकमा सबै सर्वसम्मत थिए । विशेषगरी कोभिड १९ को महामारीको बेला ठुलो टिम हुनु आवश्यक छ । मलाई अझै २३ खेलाडी छनोट गर्नु एक ठुलो कौशल हो जस्तो लाग्छ । मलाई फिफाले २६ सदस्यीय खेलाडी राख्ने अनुमती दिनेप्रति शंका छ ।’

यद्यपि, फिफाले २६ सदस्य राख्न पाउने निर्णय गरे सबैलाई अवसर पाउने गरी अर्को उचित व्यवस्था गर्नुपर्ने उनको तर्क थियो ।

‘एक टिम बनाउदा ११ खोलडी खुसी हुन्छन् भने बाँकी १५ खेलाडी निराश हुन्छन् । यो अझ चुनौतीपूर्ण हुनेछ । यसलाई व्यवस्थापन गर्न आवश्यक छ,’ उनले भने ।