इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस

इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस बुधबार

काठमाडौं । ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस’ बुधबार मनाइदै छ ।

लुम्बिनीमा हुने एकदिने प्रतियोगितामा पिस म्याराथन, वाकथोलन र प्रवचनलगायतका कार्यक्रम हुने आयोजक नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

सन् २०१३, अप्रिल ६ मा संयुक्त राष्ट्र संघले ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो । सन् २०१४ देखि ओलम्पिक कमिटीले यो दिनलाई विविध कार्यक्रम गर्दै मनाउँदै आएको छ । तर, कोभिड १९ का कारण पछिल्लो दुई वर्ष कार्यक्रम भएको थिएन ।

यस्तै, आयोजकले लुम्बिनीमै कार्यक्रम गर्नुको मुख्य कारण लुम्बिनी शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थान भएको र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनु रहेको आयोजकले बताए ।  

कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीसहित यससँग आबद्ध दुई सय सात देशका प्रतिनिधीलाई आउनेछन् । 

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले गर्नेछन् । त्यसपछि वाकथलन हुनेछ । नेपाल ओलम्पिक अमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिद्दिन खानको उपस्थिति रहनेछ ।