स्पेनिस ला लिगा

रियालको नाटकिय जित

मड्रिड । करिम बेन्जेमको दुई पेनाल्टी गोलमा रियाल मड्रिडले सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा १२ अंकको अग्रता कायमै राखेको छ । 

सेल्टा भिगोको घरेलु मैदान स्टाडियो डी बलाइडोसमा सम्पन्न खेलमा रियालले तीन वटा पेनाल्टीको अवसर पाए पनि दुई पटक मात्र त्यसको सदुपयोग गर्न सक्यो ।

१९औं मिनेटमा बेन्जेमाको पेनाल्टी गोलमा रियालले अग्रता लिएको थियो ।४०औं मिनेटमा गाल्हार्डोको गोलमा सेल्टा भिगो खेलमा फर्किए पनि भिडियो सहायक रेफ्री (भिएआर)ले सो गोललाई मान्यता दिएन । 
 

२औं मिनेटमा नोलिटोको गोलमा सेल्टा भिगो खेलमा फर्किएको थियो । ६४औं मिनेटमा बेन्जेमाले पेनाल्टीको अवसर खेर फाल्दा रियालले पुनः अग्रता लिने अवसर गुमाएको थियो ।

त्यसको ६ मिनेटपछि प्राप्त पेनाल्टीमा भने बेन्जेमा चुकेनन र रियालले २-१ को जित पक्का गर्यो ।

शीर्ष स्थानको रियालको ३० खेलमा ६९ अंक छ दोस्रो स्थानमा बसेको सेभिया र तेस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा १२ अंक बढी हो । 

रियाल बुधबार च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगका लागि  चेल्सीको भ्रमणमा निस्कनेछ ।