इङ्लिस प्रिमियर लिग

सिटीको एक अंकको अग्रता कायमै

लन्डन । बनर्लीमाथि शनिबार २-० को जित हात पारेसँगै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा एक अंकको अग्रता लिएको छ । 

शनिबारै भएको खेलमा वाट्फोर्डलाई २-० ले हराउँदै लिभरपुरल सिटीलाई पछि पार्दै केही समय शीर्ष स्थानमा उक्लिएको थियो ।

आगामी साता प्रिमियर लिगमा सिटी र लिभरपुल आमने सामने हुँदैछन् ।

पाँचौ मिनेटमा केभिन डी ब्रुयनाको गोलमा सिटीले अग्रता लिएको थियो । २५औं मिनेटमा एल्के गुन्डोगानले सिटीको अग्रता दोब्बर पारेका थिए । सिटीका लागि गुन्डोगानको यो ३४औं मिनेटमा  प्रिमियर लिग गोल हो ।

सिटीले बनर्लीमाथि निकालेको यो लगातार १०औं जित हो । यसअघि खेलको दोस्रो मिनेटमै सिटीले अग्रता लिने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । रहिम स्टर्लिङको प्रहार बाहिरिएको थियो । 

सिटी ३० खेलमा ७३ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको लिभरपुलको ७२ अंक छ । तेस्रो स्थानको चेल्सीको ५९, चौथो स्थानको आर्सनलको ५४ र पाँचौ स्थानको टोटनहमको ५१ अंक रहेको छ ।

लिभरपुलको जितमा भने डिएगो जोटा र फाबिन्होले समान एक गोल गरेका थिए ।

त्यस्तै तेस्रो स्थानको चेल्सी भने ब्रेन्टफोर्डसँग ४-१ ले स्तब्ध भएको थियो ।