नेपाल सुपर लिग

एनएसएलमा तीन नयाँ टोली झापा, मेची र विरगंज थपिए

काठमाडौं । आगामी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा तीन टिम थपिएका छन् ।

पूर्वबाट स्पोर्टि ङइलाम मेची र झापा एफसी तथा  तराईबाट विरगंज युनाईटेड थपिएको नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगिताको आगामी संस्करण २६ चैतबाट सुरु हुँदैछ । प्रतियाेगिताकाे फाइलन खेल बैशाख आठ गते हुनेट । यस पटक प्रतियोगिता पोखरा र काठमाडौंमा गर्ने योजना बनाएको छ । यसअघि प्रतियोगिताअन्तर्गतका सबै खेल दशरथ रंगशालामा मात्र भएको थियो ।

गत सिजन भएको एनएसएलमा सात टोली रहेका थिए । विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थण्डर्र्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए । 

प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो । 

आयाेजकका अनुसार सबै टाेलीकाे मार्की खेलाडीकाे घाेषणा साेमबार हुने भनिए पनि निर्धारित समयमा नहुने भएकाे छ ।