सहिद स्मारक ‘ए’ डिभिजन लिग

खेलाडी बढी आत्मविश्वासी बन्दा हार व्यहोर्नु पर्योः मेघराज केसी

काठमाडौं । सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले जावलाखेल युथ क्लबलाई कमजोर टोलीको रुपमा लिँदा हार व्यहोर्नु परेको बताए ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटो जावलाखेल युथ क्लबसँग २-० ले पराजित भएको हो ।

लिगमा उत्कृष्ट सुरुआत गर्दै तीन खेलबाट सात अंक बटुलेको  सातदोबाटो युथ क्लबले पछिल्लो तीन खेलमा मात्र एक अंक जोडेको छ 

‘हाम्रो टोलीले स्वभाविक प्रदर्शन गर्न सकिरहेको छैन,’ केसीले भने, ‘सम्भवत जावलाखेल अंक तालिकामा हामी भन्दा तल छ भनेर खेलाडीले उनीहरुलाई कमजोर ठान्यो, त्यो नै हारको मुख्य कारण जस्तो लाग्छ ।’

केसीले आगमी खेलमा भने पछिल्लो खेलहरुमा भैरहेको गल्ती नदोहोर्याउने बताए ।

६ खेलमा ८ अंक जोडेको सातदोबाटो तालिकाको पाँचौ स्थानमा छ ।