सहिद स्मारक लिग

आर्मी र पुलिसले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब १–१ को बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुलिसले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो ।

५१औं मिनेटमा सन्तोष हेमरुङको गोलबाट पुलिसले अग्रता लिएको थियो । तेज तामाङको फ्रिकिक बललाई सन्तोषले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

तर, ६२औं मिनेटमा विवेक बस्नेतले गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

खेलकाे म्यान अफ दि म्याचकाे पुरस्कार आर्मीका सेसेहाङ आङदेम्बेले पाए । 

आजै हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती प्रस्तुत गर्दैछ ।