उपमेयर कप राष्ट्रिय महिला फुटबल

निर्मलाको ह्याट्रिकमा ललितपुर क्वार्टरफाइनलमा

काठमाडौं । निर्मला विकको ह्याट्रिकप्रेरित ललितपुर महानगरपालिका मंगलबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा विभागीय चार खेलाडी समावेश ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४-० ले हरायो ।

ललितपुरको जितमा निर्मलाले ह्याट्रिक पूरा गर्दा मनिषा शेनले एक गाल गरिन् ।

ललितपुरकी निर्मला विक खेलको प्लेअर अफ दी म्याच हुँदै पाँच हजार रुपैंयासहित ट्रफी पाइन् । 

ललितपुरले क्वार्टरफाइनलमा झापाको कन्काइ नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आजै हुने अन्तिम खेल बर्दियाको बाँसगढी नगरपालिका र धनगढी उपमहानगरपालिबीच दिउँसो ३ बजे हुनेछ ।