इङ्लिस प्रिमियर लिग

चोटका कारण पोग्बाले विश्वकप छनोटका दुई खेल गुमाउने

पेरिस । तिघ्राको चोटका कारण फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले विश्वकप छनोटको खेल गुमाउने भएका छन् ।

फ्रेन्च फुटबल संघ (एफएफएफ) ले सोमबार प्रशिक्षण दौरान पोग्बाको तिघ्रामा चोट लागेको जनाएको छ ।

पोग्बाले शनिबार घरेलु मैदानमा हुने काजकिस्तान र नोभेम्बर १७ मा फिनल्यान्डविरुद्धको अवे खेल गुमाउने छन् ।

पोग्बाले म्यानचेस्टर युनाइटेडबाट इङ्लिस प्रिमियर लिग अन्तर्गत नोभेम्बर २० मा वाट्फोर्डविरुद्धको अवे खेल समेत गुमाउने छन् ।

लिभरपुलविरुद्ध घरेलु मैदान ओल्ड ट्राफोर्डमा ५-० को लज्जास्पद हार व्यहोरेको खेलमा रातो कार्डको दर्शन गरेको पोग्बा तीन खेलका लागि निलम्बनमा परेका थिए ।

फ्रान्सलाई कतार विश्वकप २०२२ को टिकट पक्का गर्न बाँकी दुई खेलमा एक जित मात्र आवश्यक छ ।