साफ यु-१९ महिला च्याम्पियनसिप

टसमा भाग्यशाली ठहरिँदा भारतलाई उपाधि

काठमाडौं । भारतले टसमार्फत दक्षिण एसियाली फुटबल महासंघ ( साफ) यु-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

निर्धारित ९० मिनेट १-१ तथा पेनालटी सुटआउट ११-११ को बराबरी भएपछि खेलको नतिजा टसमार्फत निकालिएको थियो । जसमा भारत भाग्यशाली ठहरियो ।  

नितु लिन्डाले आठौं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । इन्जुरी समयमा सोगोरिकाले बंगलादेशका लागि बरारबी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

नेपाली रेफ्री अन्जना राईले गरेको टस भारतको पक्षमा गयो । बंगलादेशले निर्णयप्रति असन्ष्टि जनाउँदै विरोध गरेको थियो ।

नेपाल भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको थियो । नेपालले लिग चरणमा भुटानलाई १-० ले हराउँदा बंगलादेशसँग ३-१ र भारतसँग ४-० को हार ब्यहोरेको थियो ।