नेपाल सुपर लिग

नेपाल सुपर लिगः पोखरा र धनगढीबीचको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल ) दोस्रो संस्करणमा मा पोखरा थन्डर्स र धनगढी एफसीबीच जारी पहिलो क्वालिफायर खेल अतिरिक्त समयमा धकेलिएको छ ।

निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलको तेस्रो मिनेटमा नै पोखराका सुरज जिउ ठकुरीको कर्नर क्लियर भए पश्चात फ्रान्कलिन टाल्लाको हेडर धनगढीका गोलकिपर मोहमद ताहाले बचाए ।

दुई मिनेटपछि नै पोखरा अग्रता लिन सफल भयो । स्टेफन अन्नोरको लामो पासलाई मोसेस ग्याबाले बायाँ फ्लान्कमा भेटाएपछि उनले खेलेको क्रसमा दिपेश आले मगरले आयुष घलान सामु डिफ्लेक्ट गरिदिए । आयुषले उक्त बललाई जाली चुमाए  ।

२४ औं मिनेटमा धनगढीले बराबरी गर्ने अवसर गुमायो । अभिषेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर गोललाइनमा नरेन्द्र चौधरीले ब्लक गरे ।

५४ औं मिनेटमा हिजाजीको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले बचाए । तर लगत्तै धनगढीले खेललाई बराबरीमा ल्यायो । कमल श्रेष्ठको फ्रिकिकलाई कप्तान देवेन्द्र तामाङले हेडमार्फत पोस्टको दिशा दिए ।

८३ औं मिनेटमा जो आइडुको हेडलाई गोलकिपर मोहम्मद ताहाले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेपछि पोखराले अग्रता लिन सकेन