फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता

फेका कपः गेटवे र न्यु स्टार पोल फाइनलमा

काठमाडौं । गेटवे एकेडेमी र न्यु स्टार पोल १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

 स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा शुक्रबार गेटवेले हाइली क्रिएटिभलाई ६-२ को फराकिलो अन्तरले पराजित गर्यो । गेटवेका लागि लक्ष्मण उप्रेतीले २ तथा प्रतिज रायमाझी, सन्दिप सिवाकोटी, प्रदीप खत्री र प्रीतम केसीले समान १ गोल गरे । हाइलीका डेभिन कार्की र कृष्ण कार्कीले समान १ गोल फार्काए ।

मुलपानीमा भएको दोश्रो सेमिफाइनलमा न्यु स्टार पोलले अक्षरिकालाई २-१ ले हरायो । न्यु स्टार पोलका रसिक श्रेष्ठ सुप्रिम कार्कीले समान १ गोल गरे । अक्षरिकाका डेनिसिन तामाङले १ गोल फर्काए ।

फाइनल आइतबार हुनेछ । शीर्ष चार स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।