फिफा विश्वकप छनोट २०२६

लाओसविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक

Nepali team football

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को पहिलो चरणको पहिलो लेगमा लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा पहिलो रोजाई सार्वजनिक गरेका हुन् ।

टोलीमा पुरानै खेलाडीले निरन्तरता पाएका छन् । रक्षकमा आशिष चौधरी, रोहित चन्द, अनन्त तामाङ र सनिस श्रेष्ठ छन् । त्यस्तै मिडफिल्डमा आभाष लामिछाने, लाकेन लिम्बु र आयुष घलान रहेका छन् ।

अग्रपंक्ति अन्जन विष्ट, मनिष डांगी र जिलेस्पी जंग कार्कीले सम्हाल्नेछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपालले आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट प्रतियोगिता खेल्न लागेको हो ।