फिफा विश्वकप

२०३० को फिफा विश्वकप तीन महादेशका ६ देशमा

काठमाडाैं  । सन् २०३० को  फिफा विश्वकप तीन महादेशका ६ देशमा हुने भएको छ । फिफाले स्पेन, पोर्चुगल, मोरक्कोलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ ।

यसैगरी दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पारग्वेले पनि विश्वकप आयोजनाका लागि दाबी गरेका थिए । तर ती देशलाई सुरुआती तीन खेल आयोजनाको जिम्मा दिइएको छ । त्यसपछि बाँकी खेल  युरोपका स्पेन र पार्चुगल तथा अफ्रिकाको मोरक्कोमा हुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ले जानकारी दिएका छन् ।

यस निर्णयलाई अर्को वर्ष बस्ने फिफा कंग्रेसले औपचारिकता दिने बिबीसीले जनाएको छ ।

सन् २०२६ को विश्वकप  भने अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरुपमा आयोजना गर्दैछन् ।