चैत्र १०, २०८२ मंगलबार | १८:०१:४०
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

एसियाली खेलकुदः एथलेटिक्समा नेपालको चुनौती समाप्त

पुष्पा भण्डारी

काठमाडौं । चीनको झाङझाउमा जारी १९ औं एसियाली खेलकुदको एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ । बिहीबार पुरुष म्याराथनमा राजन रोकया र महिला म्याराथनमा पुष्पा भण्डारीले प्रतिस्पर्धा गरेसँगै नेपाल चुनौती सकिएको हो ।

पुरुष म्याराथनमा १६ जनाले दौड पूरा गर्दा ने राजन १४ औं स्थानमा रहे । उनले २ घन्टा २३ मिनेट १७ सेकेन्डको समय निकालेका थिए । यो स्पर्धामा २ घन्टा १३ मिनेट २ सेकेन्डको समय निकाल्दै चीनका जि हीले स्वर्ण जिते ।

महिला म्याराथनमा १६ जनाले दौड पूरा गर्दा पुष्पा अन्तिम स्थानमा रहिन् । पुष्पाले ३ घन्टा २ मिनेट ३७ सेकेन्डको समय निकालिन् । यो स्पर्धामा २ घन्टा २४ मिनेट १४ सेकेन्डको सयम निकाल्दै बहराइनकी चेबेची पाउलले स्वर्ण जितिन् ।

यसअघि महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले छैटौं स्थान हासिल गरेकी थिइन् । पुरुष ४ सय ८  मिटरमा सोमबहादुर कुमालको यात्रा हिट चरणमै सिमित बन्यो ।

दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । दीपकले २९ मिनेट ३५.०६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । यो स्पर्धामा दीपक सातौं स्थानमा रहेका थिए  ।  
दीपकले आफ्नै नाम रहेको कीर्तिमान सुधार गरेका हुन् । उनले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३० मिनेट १०ः३० सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

१ हजार ५ सय मिटर दौडमा नेपालकी फुलमती रानाले व्यक्तिगत प्रदर्शनमा सुधार गरिन् । निर्धारित दुरी पार पर्न ४ मिनेट ३७.६४ सेकेन्ड लगाएकी फुलमती १५ औं स्थानमा रहिन् ।

यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा ४ मिनेट ४९ दशमलव २२ सेकेन्डको समयमा दौड पूरा गरेकी थिइन् ।

महिला ५ हजार मिटर दौडमा नेपालकी राजपुरा पछाईले पनि व्यक्तिगत प्रदर्शनमा सुधार गरिन् । १२ औं स्थानमा रहेकी राजपुराले १७ मिनेट ५.३४ सकेन्डको समय निकालिन् । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८.५४ सेकेन्ड थियो । सन्तोषी श्रेष्ठले भने दौड पूरा गर्न सकिनन् ।

महिला ८ सय मिटर दौडमा फुलमती राणाको यात्रा हिट चरणमै सिमित बन्यो ।

पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरे । गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्डको थियो ।  यो स्पर्धामा गोपी ११ औं स्थानमा रहेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो