माघ १८, २०८२ आइतबार | १६:१५:४२
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

एसियाली खेलकुदः एथलेटिक्समा नेपालको चुनौती समाप्त

पुष्पा भण्डारी

काठमाडौं । चीनको झाङझाउमा जारी १९ औं एसियाली खेलकुदको एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ । बिहीबार पुरुष म्याराथनमा राजन रोकया र महिला म्याराथनमा पुष्पा भण्डारीले प्रतिस्पर्धा गरेसँगै नेपाल चुनौती सकिएको हो ।

पुरुष म्याराथनमा १६ जनाले दौड पूरा गर्दा ने राजन १४ औं स्थानमा रहे । उनले २ घन्टा २३ मिनेट १७ सेकेन्डको समय निकालेका थिए । यो स्पर्धामा २ घन्टा १३ मिनेट २ सेकेन्डको समय निकाल्दै चीनका जि हीले स्वर्ण जिते ।

महिला म्याराथनमा १६ जनाले दौड पूरा गर्दा पुष्पा अन्तिम स्थानमा रहिन् । पुष्पाले ३ घन्टा २ मिनेट ३७ सेकेन्डको समय निकालिन् । यो स्पर्धामा २ घन्टा २४ मिनेट १४ सेकेन्डको सयम निकाल्दै बहराइनकी चेबेची पाउलले स्वर्ण जितिन् ।

यसअघि महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले छैटौं स्थान हासिल गरेकी थिइन् । पुरुष ४ सय ८  मिटरमा सोमबहादुर कुमालको यात्रा हिट चरणमै सिमित बन्यो ।

दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । दीपकले २९ मिनेट ३५.०६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । यो स्पर्धामा दीपक सातौं स्थानमा रहेका थिए  ।  
दीपकले आफ्नै नाम रहेको कीर्तिमान सुधार गरेका हुन् । उनले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३० मिनेट १०ः३० सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

१ हजार ५ सय मिटर दौडमा नेपालकी फुलमती रानाले व्यक्तिगत प्रदर्शनमा सुधार गरिन् । निर्धारित दुरी पार पर्न ४ मिनेट ३७.६४ सेकेन्ड लगाएकी फुलमती १५ औं स्थानमा रहिन् ।

यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा ४ मिनेट ४९ दशमलव २२ सेकेन्डको समयमा दौड पूरा गरेकी थिइन् ।

महिला ५ हजार मिटर दौडमा नेपालकी राजपुरा पछाईले पनि व्यक्तिगत प्रदर्शनमा सुधार गरिन् । १२ औं स्थानमा रहेकी राजपुराले १७ मिनेट ५.३४ सकेन्डको समय निकालिन् । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८.५४ सेकेन्ड थियो । सन्तोषी श्रेष्ठले भने दौड पूरा गर्न सकिनन् ।

महिला ८ सय मिटर दौडमा फुलमती राणाको यात्रा हिट चरणमै सिमित बन्यो ।

पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरे । गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्डको थियो ।  यो स्पर्धामा गोपी ११ औं स्थानमा रहेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।