मानेभञ्ज्याङ गोल्डकप

मानेभञ्जयाङ गोल्डकपः चाँद एफसी क्वार्टरफाइनलमा

मानेभञ्जयाङ (भारत) । रेडहर्स इलाममाथि ४-१ को सहज जित निकाल्दै चाँद एफसी तीनधारिया सातौं मानेभञ्ज्याङ गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न खेलमा अग्रता भने इलामले लिएको थियो । खेलको २५ मिनेटमा औं आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए ।

इलामा त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । चार मिनेटपछि नै सौरभ तामाङले चाँदलाई बाराबरीमा ल्याए ।

पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चाँदले ३ गोल थप्यो । ५० औं मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले पेनाल्टीमार्फत गोल गर्दै  चाँदलाई २-१ को अग्रता दिलाए ।

६५ औं मिनेटमा मार्टिनले व्यक्तिगत दोश्रो तथा टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा दिवस तामाङले हेडमार्फत गोल गरेपछि चाँदले ४-१ को जित निकाल्यो ।

चाँदले सेमीफाइनल प्रवेशका लागि जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकाताबीचको विजेतासँग खेल्नेछ ।  

प्रतियोगिताको तेश्रो क्वार्टरफाइनल खेलमा बुधबार दलसिंहपाडा डुर्वस र सिङलिङ स्र्पोटिङ क्लब सिक्किम बिच प्रतिस्पर्धा हुनेछ ।