ग्रिलिसकाे अनुबन्धमा खर्चिएको रकम सामान्यः ग्वार्डिओला

लन्डन, (खेलाडी)- इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ज्याक ग्रिलिसमाथी एक सय मिलियन युरो खर्च गर्नु सामान्य भएको बताएका छन् । 

इङ्ल्यान्डका २६ वर्षिय अट्याकिङ मिडफिल्डर ग्रिलिस प्रिमियर लिगकै अर्को क्लब एस्टन भिल्लाबाट यसै सिजन एक सय मिलियन युरोमा सिटी भित्रिएका थिए । 

‘हामीले ग्रिलिसको क्षमताका कारण क्लबमा भित्राएका हौं । उनीसँग विपक्षीलाई आफुतिर तान्न सक्ने र आफ्ना खेलाडी खोज्न सक्ने क्षमता छ,’ ग्वार्डिओलाले भने, ‘सबैले नयाँ खेलाडीबाट दबाब महसुस गर्छन र नयाँ खेलाडीले पनि क्लबले के गरेको छ भन्ने बुझ्नु पर्छ । यो सबै ठुला क्लबहरुले गर्छन् ।’

ग्रिलिसले सिटीबाट खेलेको १० खेलमा समान दुई गोल र असिस्ट गरेका छन् ।