मेरो मत हल्यान्डलाईः रोज

बर्लिन, (खेलाडी)-  जर्मन बुन्डेलिगा क्लब बोरुसिया डर्टमन्डका प्रशिक्षक मार्को रोजले एर्लिङ हल्यान्ड 'बलोन डि अर' को मनोनयको लागी योग्य भएको बताउँदै आफुले हल्यान्डलाई नै मत दिने बताएका छन् । 

बोरुसिया डर्टमन्डबाट 'बलोन डि अर' को मनोनयमा पर्ने हल्यान्ड एकमात्र खेलाडी हुन् । 

‘हल्यान्ड हाम्रा खेलाडी हुन र हामी सधै आफ्ना खेलाडीलाई सहयोग र समर्थन गछौं । उनले के के गरे त्यो सब असाधारण छन् । उनी 'बलोन डि अर' मनोनयको शीर्ष ३० मा  परे । उनी यसका लागी योग्य पनि थिए,’ रोजले भने, ‘मलाई लाग्छ हल्यान्डले केहि वर्षभित्र उत्कृष्ट व्यक्तिगत अवार्ड जित्नेछन् ।'

नर्वेका २१ वर्षिय हल्यान्डले गत सिजन डर्टमन्डबाट सबै खाले प्रतियोगिता गरि ४१ गोल गरेका थिए । उनले बुन्डेसलिगमा २८ खेलमा २७ गोल गरेका थिए ।