फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः इङ्ल्यान्डको कठिन जित

काठमाडौं । उपाधि दावेदार मानिएको इङ्ल्यान्डले फिफा महिला विश्वकपमा हाइटीमाथि १-० को कठिन जित निकालेको छ ।

जितसँगै समूह ‘डी’ को इङ्ल्यान्डले तीन अंक जोड्दा हाइटीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अस्ट्रेलियाको सनक्रप रंगशालामा शनिबार सम्पन्न खेलमा डेब्यू गरेको  हाइटीलाई हराउन इङ्ल्यान्डले पेनाल्टीको सहारा लिनु परेको थियो । खेलको २९औं मिनेटमा जर्जिया स्ट्यानवेले पेनाल्टीमार्फत गरेको एक मात्र गोल इङ्ल्यान्डको जितमा निर्णयक बन्यो ।

प्रतियोगिता अन्तर्गत शनिबार नै सम्पन्न खेलमा साबिक विजेता अमेरिकाले भियतनालाई ३-० र जापानले जाम्बियालाई ५-० ले पराजित गरे ।