वैशाख २८, २०८२ आइतबार | १२:०२:५६
नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा

स्किब्स, पारामाउन्ट, ज्ञान निकेतन र गोल्डेनपिक सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स),पारामाउन्ट, ज्ञान निकेतन र गोल्डेनपिक सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धारास्थित घरेलु कोर्टमा शनिबार स्किब्सले सिद्धार्थ मोडेललाई ५-२ ले पराजित गरेको हो । सोही स्पर्धामा पारामाउन्टले एन्जल्स हार्टलाई ६-५, ज्ञान निकेतनले रेडिअन्टलाई ६-५ र गोल्डेनपिकले सूर्योदयलाई ९-७ ले हराउदै सेमिफाइनलमा स्थान स्थान सुरक्षित गरे ।

सेमिफाइनलमा स्किब्सले गोल्डेनपिक र पारामाउन्टले ज्ञान निकेतनको सामना गर्नेछन् ।

स्टाफमा स्किब्स र साबिक च्याम्पियन महामन्जुश्री उपाधिका लागि भिड्ने भएका छन् । स्किब्सले पाठशाला नेपाललाई ९-७ तथा महामन्जुश्रीले काठमाडौं वल्र्ड स्कुललाई १९-१७ ले सेमिफाइनलमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, सेन्ट जोसेफ, रिलायन्स, हिमालय, ज्ञान निकेतन, नवज्योति, इन्साइट भिजन र निम्सले क्वार्टरफाइनलमा स्थान बनाए ।

सिनियर गर्ल्ससमा भ्याली पब्लिक, साविक विजेता निम्स, पाठशाला, बसुन्धारा नेसनल एकेडेमी (बिएनए) रिब्स, पारामाउन्ट, एभरेष्ट र नेपाल मोडेलले क्वाटरफाइनल यात्रा तय गरे ।

टोखा नगरपालिका अन्तर्गत शिक्षा शाखाका प्रमुख प्रशाकीय अधिकृत बाबुराम गौतम, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले संयुक्तरुपमा प्रतियोगिताको  उद्घाटन गरे ।

सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १६ तथा स्टाफमा आठ गरी ६४ टोली सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP