इङ्लिस प्रिमियर लिग

ट्राफोर्ड बर्नलीमा अनुबन्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लबमा बढुवा भएको बर्नलीले गोलकिपर जेम्स ट्राफोर्डलाई म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको छ ।

शुक्रबार बर्नलीले सिटीका २० वर्षीय युवा गोलकिपरलाई चार वर्षको लागि क्लबमा राख्ने निर्णय लिएको हो । ट्राफोर्डको सहयोगमा बोल्टन लिग वानको प्लेअफमा स्थान बनाएको थियो । यसैगरी पापा जोन्स ट्रफी जित्न सफल भयो ।

यद्यपि, ट्राफोर्डले हालसम्म इङ्लिस प्रिमियर लिग खेलेका छैनन् । उनले लिग वानमा बोल्टन र एक्रिन्टनको लागि खेलेका छन् ।

बर्नलीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको ११ अगस्टमा खेल्दै शीर्ष डिभिजन  सुरु गर्नेछ ।

बर्नलीले ट्राफोर्डलाई तिरेको १९ मिलियन पाउण्ड कीर्तिमान मुल्य हो । यसअघि सन् २०१७ मा क्रिस वूड र सन् २०१८ मा बेन गिवसनलाई सर्वाधिक मुल्य १५ मिलियन पाउन्ड खर्च गरेको थियो ।

इङ्ल्यान्ड यु २१ टोलीका गोलकिपर ट्राफोर्डले युरोपियन च्याम्पियनसिप जित्दा ६ क्लिन सिट राखेका थिए । स्पेनललाई १–० ले हराउँदा इन्जुरी समयको पेनाल्टीलाई ट्राफोर्डले उत्कृष्ट सेभ गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन् ।