चैत्र १६, २०८२ सोमबार | ००:५६:१०
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

स्वास्थ्यको समस्या देखाउँदै पूर्व कप्तान हरि टोली बाहिर

काठमाडौं । स्वास्थ्यको समस्या देखाउँदै नेपाली राष्ट्रिय भलिबल टोलीका निवर्तमान कप्तान हरिहजुर थापाले राष्ट्रिय टोलीबाट बाहिर रहने निर्णय लिएका छन् ।

बिहीबार नेपाल भलिबल संघ (एनभिए) ले १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरेको थियो । तर, ६ असोजबाट सुरु हुने प्रतियोगिताको लागि नाम सार्वजनिक हुँदा हरिले स्वास्थ्यको कारण देखाउँदै टोलीबाट अलग्गीने निर्णय लिएका हुन् ।

‘म स्वयं छनोटमा भए पनि स्वास्थ्यस्थितिले गर्दा अभ्यासमा सरिक हुन नपाउने जानकारी गराउँछु,’ थापाले फेसबुकमा लेखेका छन् ।

यता, एनभिए महासचिव तथा ब्यवस्थापक रोशन श्रेष्ठले हरिले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय संघमा जानकारी नगराएको बताए । श्रेष्ठले हरि प्रशिक्षणमा उपलब्ध नभए बैकल्पिक खेलाडीले स्थान पाउने बताएका छन् ।

३० असारमा एनभिएले नेतृत्व अभावको कारण देखिउँदै नेपालका दशौं कप्तान हरिहजुरलाई कप्तानबाट बर्खास्त गरेको थियो । उनलाई बर्खास्त गरेपछि आर्मीकै मानबहादुर श्रेष्ठलाई कप्तानी दिइएको छ । मान नेपालका ११औं भलिबल कप्तान बनेका छन् ।

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगमा त्रिभुवन आर्मीबाट खेलेका हरिसँगै तीन खेलाडी एनभिएको अनुशासनको कारबाहीमा परेका थिए ।

गण्डकीविरुद्धको खेलमा दर्शक कुटेको र अभद्र व्यवहार गरेको एनभिएले ठहर गरेको छ । राष्ट्रिय टोलीका कप्तान हरिले खेलाडी सम्हाल्न नसकेको आरोप लागेको छ ।

यसैगरी राष्ट्रिय टोलीमा धनबहादुर भट्ट ६ महिना र राजेन्द्र विष्ट तीन महिनाको निलम्बनमा छन् । आर्मीका धनपति कुँवरलाई तीन महिना निलम्बन गरिएको छ । निलम्बन अवधिभर तीनै खेलाडीले भलिबलका कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

विदेशी प्रशिक्षक ह्यान एविङको टोलीमा नेपाल पुलिस क्लबका विशाल विकले पुनरागमन गरेका छन् । यसैगरी सफल विक, मनीष मानन्धर र सम्राट भण्डारीले पहिलो पटक स्थान बनाएका छन् ।

नेपाली टोलीः
मानबहादुर श्रेष्ठ (कप्तान), हरिहजुर थापा, विशाल विक, सफल विक, मनीष मानन्धर, सम्राट भण्डारी, रविन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, हेमन्त मल्ल, विनोद चन्द  । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो