माघ १५, २०८२ बिहीबार | २०:४६:०८
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

स्वास्थ्यको समस्या देखाउँदै पूर्व कप्तान हरि टोली बाहिर

काठमाडौं । स्वास्थ्यको समस्या देखाउँदै नेपाली राष्ट्रिय भलिबल टोलीका निवर्तमान कप्तान हरिहजुर थापाले राष्ट्रिय टोलीबाट बाहिर रहने निर्णय लिएका छन् ।

बिहीबार नेपाल भलिबल संघ (एनभिए) ले १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरेको थियो । तर, ६ असोजबाट सुरु हुने प्रतियोगिताको लागि नाम सार्वजनिक हुँदा हरिले स्वास्थ्यको कारण देखाउँदै टोलीबाट अलग्गीने निर्णय लिएका हुन् ।

‘म स्वयं छनोटमा भए पनि स्वास्थ्यस्थितिले गर्दा अभ्यासमा सरिक हुन नपाउने जानकारी गराउँछु,’ थापाले फेसबुकमा लेखेका छन् ।

यता, एनभिए महासचिव तथा ब्यवस्थापक रोशन श्रेष्ठले हरिले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय संघमा जानकारी नगराएको बताए । श्रेष्ठले हरि प्रशिक्षणमा उपलब्ध नभए बैकल्पिक खेलाडीले स्थान पाउने बताएका छन् ।

३० असारमा एनभिएले नेतृत्व अभावको कारण देखिउँदै नेपालका दशौं कप्तान हरिहजुरलाई कप्तानबाट बर्खास्त गरेको थियो । उनलाई बर्खास्त गरेपछि आर्मीकै मानबहादुर श्रेष्ठलाई कप्तानी दिइएको छ । मान नेपालका ११औं भलिबल कप्तान बनेका छन् ।

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगमा त्रिभुवन आर्मीबाट खेलेका हरिसँगै तीन खेलाडी एनभिएको अनुशासनको कारबाहीमा परेका थिए ।

गण्डकीविरुद्धको खेलमा दर्शक कुटेको र अभद्र व्यवहार गरेको एनभिएले ठहर गरेको छ । राष्ट्रिय टोलीका कप्तान हरिले खेलाडी सम्हाल्न नसकेको आरोप लागेको छ ।

यसैगरी राष्ट्रिय टोलीमा धनबहादुर भट्ट ६ महिना र राजेन्द्र विष्ट तीन महिनाको निलम्बनमा छन् । आर्मीका धनपति कुँवरलाई तीन महिना निलम्बन गरिएको छ । निलम्बन अवधिभर तीनै खेलाडीले भलिबलका कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

विदेशी प्रशिक्षक ह्यान एविङको टोलीमा नेपाल पुलिस क्लबका विशाल विकले पुनरागमन गरेका छन् । यसैगरी सफल विक, मनीष मानन्धर र सम्राट भण्डारीले पहिलो पटक स्थान बनाएका छन् ।

नेपाली टोलीः
मानबहादुर श्रेष्ठ (कप्तान), हरिहजुर थापा, विशाल विक, सफल विक, मनीष मानन्धर, सम्राट भण्डारी, रविन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, हेमन्त मल्ल, विनोद चन्द  । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।