नेपाल बंगलादेश मैत्रीपूर्ण खेल

बंगलादेशविरुद्ध जितको लक्ष्यमा नेपाल

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि मैदान उत्रदा नेपाली राष्ट्रिय महिला टोली सुखद नतिजाको खोजीमा हुनेछ । 

१९औ एसियन गेम्सको तयारीमा रहेको नेपाली टोलीले दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भ्रमण गरेको हो । जसअन्तर्गत पहिलो खेल आज हुँदैछ । सो खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ ५ः१५ मा  सुरु हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले बंगलदेश बलियो टोली भए पनि सुखद नतिजा ल्याउने बताए । 

‘टोलीका केही प्रमुख खेलाडीले पुनरागन गर्दैछन्, त्यसले पनि टोलीको मनोबल बढेको छ,’ थापाले भने, ‘त्यसैले बंगलादेशविरुद्ध सुखद नतिजा ल्याउनेमा आशाबादी छु । हामी पछिल्लो समयम निरन्तर अन्तर्राष्ट्रिय खेल खेलिरहेका छौ । अब त्यो अनुभव नतिजामा परिवर्तन गर्ने समय आएको छ । ’

यस पटक प्रीति राई,गिता राना र अञ्जली वाइबाले टोलीमा पुनरागमन गरेका हुन् । 

दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।