एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

आर्मीको पहिलो जित

फाइल फोटो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ पहिलो जित निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार सम्पन्न खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।

आर्मीले खेल २५-१२,२५-१९ र २५-१९ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै ४ खेलमा ५ अंक जोडेको आर्मी चौथो स्थानमा । पाँचौं खेलमा पराजय ब्यहोरेको एभरेस्ट अंकविहिन हुँदै पुछारमा रह्यो ।

आर्मीले आफ्नो अन्तिम खेलमा शुक्रबार गण्डकी प्रदेशको सामना गर्नेछन् ।

बिहीबार नै हुने महिलातर्फको अन्तिम खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोर्टस क्लब आमने सामने हुँदैछन् ।

यसैगरी पुरुषतर्फ हेल्प नेपालले एपिएफ, पुलिसले आर्मी र गण्डकीले शैलुङ्ग बागढुङ्गाको सामना गर्नेछन् ।