इङ्लिस प्रिमियर लिग

ब्रेन्टफोर्डसँग टोटनहम पराजित

काठमाडों । अग्रता जोगाउन नसक्दा टोटनहम इङ्लिस प्रिमियर लिगमा घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ३-१ ले पराजित भएको छ ।

जितसँगै ३७ खेलमा ५६ अंक जोडेको ब्रेन्टफोर्ड नवौं स्थानमा छ । पराजय ब्यहोरेको टोटनहम समान खेलबाट ५७ अंकका साथ सातौं स्थानमा छ ।

टोटनहम स्टेडयिममा शनिबार सम्पन्न खेलमा आठौं मिनेटमा ह्यारी केनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ५०औं मिनेटमा ब्रयान एमबेउमोले ब्रेन्टफोर्डलाई बराबरीमा ल्याए ।

६२ औं मिनेटमा एमबेउमोले ब्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई २-१ ले अगाडी बढाए । ८८औं मिनेटमा योन विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ३-१ को जित दिलाए ।