स्पेनिस ला लिगा

रियालको जितमा एसेन्सियोको निर्णायक गोल

काठमाडौं । मार्को एसेन्सियोले गरेको गोल निर्णायक बन्दा साबिक विजेता रियाल मड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि १-०को कठिन जित निकालेको छ ।

जितसँगै ३४ खेलमा ७१ अंक जोडेको रियाल दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको गेटाफे समान खेलबाट ३४ अंकका साथ १८औं स्थानमा छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा शानिबार सम्पन्न खेलको ७०औं मिनेटमा एसेन्सियोले गोल गरेका थिए । एसेन्सियाले लुकास भास्क्वेजको पासलाई पोस्टको दिशा दिएका हुन् ।