लिभरपुल

पुनरागमन गर्दै जोटा

काठमाडौं । पिंडौलाको चोटका कारण चार महिनायता मैदान बाहिर रहेका इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियगो जोटा प्रशिक्षणमा फर्केका छन् ।

प्रशिक्षणमा फर्किएसँगै जोटाले सोमबार राति हुन एभर्टनविरुद्धकोे मर्सिसाइड डर्बीमा पुनरागमन गर्ने सम्भावना बलियो रहेको प्रशिक्षक योर्गेन क्लोपले बताएका छन् ।

गत अक्टोबर १६ मा लिभरपुलले म्यानचेस्टर सिटीविरुद्ध १-० को जीत हासिल गरेको खेलमा २६ वर्षीय जोटा घाइते भएका थिए । चार महिनापछि उनी यसै साता क्लबको प्रशिक्षणमा फर्केका हुन् ।

जारी सिजन खराब लयबाट गुज्रिरहेको लिभरपुल गोल गर्न संघर्षरत छ । कठिन परिस्थितीमा जोटाको पुनरागमनले लिभरपुललाई थोरै भए पनि राहत हुने अनुमान गरिएको छ ।
 

लिभरपुल जारी सिजनमा २० खेलबाट २९ अंक जोड्दै १० औं स्थानमा छ ।