इङ्लिस प्रिमियर लिग

जनवरी ट्रान्सफर विन्डोका सर्वाधिक महंगा पाँच खेलाडी

काठमाडौं ।  यस सिजनको जनवरी  ट्रान्फर  विन्डो  मंगलबार रातिबाट बन्द भइसकेको छ ।  

जनवरी ट्रान्सफर विन्डोमा केही खेलाडी सस्तैमा अन्य क्लबमा अनुबन्ध  हुदाँ केही खेलाडी भने महंगो साबित भएका छन् ।

जनवरी ट्रान्सफर विन्डोमा इङ्लिस क्लब निकै सक्रिय देखिएका थिए । विशेष गरी चेल्सी ।

 प्रिमियर लिगका  टोलीले  यस ट्रान्सफर विन्डोमा  करिब ३५ खेलाडीलाई महंगो रकम खर्चिएर क्लबमा भित्राएका छन् । 
जसमध्ये महंगो मूल्यमा अनुबन्धित भएका पाँच खेलाडी यसप्रकार छन्: 

बिनोइट बादियशिले (मोनाको-चेल्सी)
 फ्रेन्च क्लब मोनाकोबाट बिनोइट बादियशिले महंगो मुल्यमा चेल्सी आएका थिए ।  

बादियशिले ३८ मिलियन यूरोमा स्टामफोर्ड ब्रिज भित्रिएका हुन् ।

२१ वर्षिय  फ्रेन्च रक्षक बादियशिले साढे सात बर्षका लागि चेल्सीसँग सम्झौता गरेका छन् । उनले चेल्सीबाट प्रिमियर लिगमा दुई खेल खेलिसकेका छन् । 
 कोडी गाक्पो (पिएसभी-लिभरपुल)
 २३ वर्षिय डच स्ट्राइकर कोडी गाक्पो समरमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा जाने हल्ला थियो । तर, युनाइटेडले उनीसँग सम्झैता गर्न रुचाएन । 
जनवरी ट्रान्सफमा फ्रेन्च क्लब पिएसभीबाट लिभरपुलमा अनुबन्धित भएका हुन् ।

कोडीलाई एन्फिल्ड भित्र्याउन लिभपुलले ४२ मिलियन युरो खर्चिएको थियो ।

एन्थोनी गोर्डन (एभर्टन-न्युकासल)
 प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको एर्भटनबाट एन्थोनी गोर्डन न्युकासल युनाइटेडमा अनुबन्धित भएका थिए ।  

प्रिमियर लिगको क्लब न्युकासलले इङ्लिस स्ट्राइकर गोर्डनलाई ४५.६ मिलियन युरोमा भित्र्याएको हो ।

मिखाइलो मुड्रिक (शाक्तर डोनेट्स्क-चेल्सी )

युक्रेनी क्लब  साख्तर डोनेट्स्कबाट २२ वर्षीय मिखाइलो मुड्रिक अनुबन्धका लागि चेल्सीले  महंगो रकम खर्चिएको थियो ।  
 

युक्रेनी विंगर मुड्रिक ७० मिलियन युरोमा स्टामफोर्ड भित्र्एका हुन् ।

इन्जो फर्नान्डेज (ब्रेन्फिका-चेल्सी)
 यो जनवरी ट्रान्सफ विन्डोमा सबैभन्दा भन्दा महंगो खेलाडी  अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेज बने ।  

पोचुर्गिज क्लब बेन्फिाकाबाट इन्जोलाई अनुबन्ध गर्न चेल्सीले एक सय २१ युरो खर्चिएको थियो ।

अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि उचाल्दा महत्वपूर्ण भुमिका निर्वाह गरेका इन्जो विश्वकपमा उदयीमान खेलाडी घोषित भएका थिए ।