वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश एकलाई कर्णालीेको एक सय ५३ रनको लक्ष्य

काठमाडौं । कर्णाली प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकसामु जितका एक सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि सुवास ऐरले सर्वाधिक ४७ रनको योगदान दिए । मोहन विकले अविजित २९,मनिष थापाले २६,युनिस सिंहले १३ र कप्तान विपिन रावलले ११ रन जोडे ।

प्रदेश एकका लागि दीपेश कँडेल र अनिश ओझाले समान तीन,अभिनय राजवंशी,विपिन महतो,सन्देश भट्टराई र अश्विन महतोले समान एक विकेट लिए ।