रोबिन्सन निलन्बनमा


लन्डन, (खेलाडी)- इङ्ल्यान्डको तिब्र गतिका बलर ओली रोबिन्सनले गरेको पुराना ट्विट विवादित बनेपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको छ । 

जातिवाद र यौनवाद सम्बन्धमा गरेको ट्विट अनुसन्धानको क्रममा रहेका कारण रोबिन्सनलाई निलम्बन गरिएको हो । लडर््समा सम्पन्न न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टका दौरान रोबिन्सनले २०१२ र २०१३ मा गरेको ट्विट विवादस्पद बनेको थियो । २७ वर्षे रोबिन्सनलाई बिहीबारबाट हुने दोस्रो टेष्टका लागि टिमबाट हटाइएको छ । 

रोबिन्सनले १८ र १९ वर्षको उमेरमा गरेको ट्विट अहिले विवादिद बनेको छ । उनले उक्त ट्विटबारे क्षमा माग्दै आफू लज्जित भएको बताएका छन् । 

‘यसबाट मैले धेरै पाठ सिकेको छु । स्पष्ट पार्न चाहन्छु की म कुनै जातिवादी र लिंगभेदी होइन,’ ंरोबिन्सनले भनेका छन् ।

रोबिन्सनले न्युजिल्यान्डविरुद्धको टेष्टमा १०१ रन दिएर ७ विकेट लिएका थिए भने ४२ रन बनाएका थिए ।