पारस खड्का

पारसले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

आइतबार लेजेन्ड्स लिग क्रिकेटले सामाजिक सञ्जालमार्फत पारसले प्रतियोगिताको दोस्रो संस्करण खेल्ने पुष्टि गरेको हो ।

विश्वभरका पूर्व खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता भारतमा सेप्टेम्बरदेखि अक्टोबरसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा चार टिममा कुल एक सय १० खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा १५ खेल हुनेछन् ।

गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसकै कप्तानीमा नेपाली क्रिकेट टिमले सन् २०१४ मा पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो ।