वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट

मधेशले कोशीलाई हरायो

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार मधेश प्रदेशले कोशी प्रदेशविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै पाँच खेलमा ६ अंक जोडेको मधेश तेस्रो स्थानमा उक्लिएको छ । चारै खेलमा पराजित कोशी अंकविहिन रहँदै पुछारमा छ ।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ९१ रनको लक्ष्य मधेशले १७.१ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि विशाल पटेलले ३७, रोहन विकले अविजित ३१ र साहिल पटेलले ११ रन बनाए ।

कोशीका लागि श्रवण यादवले चार, दीपेश कँडेलले तीन तथा ज्ञानेन्द्र श्रेष्ठले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९० रनको योगफल तयार पार्यो ।  कोशीका लागि समिर कार्कीले २८, श्रवण यादवले २७ र सुजन थपलियाले १६ रन बनाए ।

मधेशका लागि विशाल पटेल, अभिषेक तिवारी, रञ्जित कुमार र प्रदीप पास्वानले समान तीन विकेट लिए ।

मंगलबार नै सम्पन्न अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो ।