फाल्गुन ३, २०८१ शनिबार | १२:०८:५०
नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने

कर्णालीले मधेशलाई हरायो

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेशले मधेश प्रदेशविरुद्ध ६ विकेटको जित निकालेको छ ।

दोस्रो जितसँगै कर्णालीले तीन खेलमा चार अंक जोडेको छ । पराजित मधेशको चार खेलबाट चार अंक छ । 

मुलपानी क्रिकेट मैदानमा मधेशले प्रस्तुत गरेको १२१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि विपिन रावलले ४१, हिमान्शु शाहीले अविजित ३२, विपिन शाहीले १७ र रविन्द्र शाहीले १४ रन बनाए ।

मधेशका लागि प्रदीप पास्वान र अभिषेक तिवारीले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले २० ओभरमा सबै विकेट गुमाउँदै १२० रनको योगफल तयार पार्यो । मधेशका लागि मायन यादवले ३९, विशाल पटेलले अविजित ३२, प्रदीप पास्वानले १८ र कप्तान राहुल मण्डलले ११ रन बनाए ।

कर्णालीका लागि युनिस ठकुरीले दुई तथा दीपेन्द्र रावत, दीनेश अधिकारी, प्रकाश जैसी र कप्तान दिवान पुनले समान एक विकेट लिए ।

आइतबार नै सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि तीन रनको रोमाञ्चक जित निकाल्यो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain