ट्वान्टी- २० शृंखला

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच हुने शृंखलाको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल  र  टेस्ट टोली वेस्टइन्डिजको ‘ए’ बीच हुने पाँच खेलको ट्वान्टी- २० शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले तालिका सार्वजनिक गरेको हो । शृंखलाको पहिलो खेल अप्रिल २७मा हुनेछ । दोस्रो अप्रिल २८, तेस्रो मे १ चौथो मे २ र पाँचौं तथा अन्तिम खेल मे ४मा हुनेछ ।

शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।

वेस्ट इन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले ट्वान्टी-२० विश्वकपका अन्तिम तयारीको रुपमा वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो ।