जेष्ठ ३१, २०८२ शुक्रबार | १०:१३:०२
म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

आयरल्यन्ड ‘ए’ लाई नेपाल ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखला

काठमाडौं । आयरल्यन्ड ‘ए’ ले  एक खेल अगावै घरेलु टोली नेपाल ‘ए विरुद्धको ट्वान्टी २० शृंखलाको आफ्नो पक्षमा पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ ४० रनले विजयी भयो । पहिलो खेलमा आयरल्यान्डले २१ रनको जित निकालेको थियो ।

आयरल्यान्ड ‘ए’ ले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा समेटियो । नेपालका लागि देव खनालले २५ बलमा सात चौकाको मद्दतले सर्वाधिक ४७ रनको योगदान गरे । यसैगरी बसिर अहमदले २७, कप्तान विनोद भण्डारीले २६, लोकश बमले २५, कमलसिंह ऐरीले ११ र पवन सराफले १० रन बनाए ।

पहिलो विकेटका लागि देव र लोकेशले ४७ रनको साझेदारी गरे । आयल्यान्ड ‘ए’ का लागि बेन ह्वाइटले तीन, फिओन ह्यान र थोमस मायसले समान दुई तथा म्याथ्यु फोस्टर र गारेथ डोलानीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा सात छक्का र एक चौकाको मद्दतले अविजित ७१ रनको योगदान गरे । यसैगरी पिटर मोरले २६ बलमा सात छक्का र तीन चौकाको मद्दतले ६५, जेम्स म्याकोलुमले २६, फिओन ह्यान्डले अविजित १९, रोस अदैरले १७ र गेराथ डेलानीले १० रन बनाए ।

नीलले सातौं विकेटका लागि ह्यान्डसँग ६७ तथा पाँचौं विकेटका लागि मोरसँग ६१ रनको साझेदारी गरे । नेपालका लागि सागर ढकालले तीन तथा कमलसिंह ऐरी र पवन सराफले समान एक विकेट लिए ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । शृंखलाको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । 
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?