माघ ६, २०८२ मंगलबार | २१:२६:३६
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

विजय र पुष्पा च्याम्पियन

काठमाडौं ।  विजय रावत र पुष्पा भण्डारी तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार च्याम्पियन बनेका छन् । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् ।

विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३औं सागमा म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयमन साथ दोश्रो तथा हङकङमा भएको तेश्रो एसियाली युथ (यु-२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डको साय निकाल्दै तेश्रो भए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ५ सेकेन्डमा तय गरिन् । दोश्रो भएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्डको समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डका साथ शुशान कार्की तेश्रो बनिन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरे ।

  पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्डका साथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोश्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेश्रो भए ।

सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत च्याम्पियन बनिन्  । २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोश्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेश्रो स्थानमा रहे ।

दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजार रुपैयाँ पाए ।  

विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कृत गरे ।

सो असवरमा नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनितहरुलाई पत्र पनि हस्तान्तरण गरियो । नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाल कांग्रेसका उप सभापति समेत रहेका पूर्व मन्त्री धनराज गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्ता तथा राजु ताम्राकार, दीपक थापा, तुलसी थापा र जग्जीत केसीलाई सदस्यमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरिएको थियो ।

यसैगरी सुदिप डंगोल नेपाल लोकतान्त्रिक खेलकुद संघ, भक्तपुर जिल्ला समितिको अध्यक्षमा मनोनित भए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate