माघ १७, २०८२ शनिबार | २३:४०:२७
विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार

वेदबहादुर र निर्मलालाई स्वर्ण

काठमाडौं । वेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । ५५ किलोमिटर दौडमा  वेदबहादुर पुरुष तथा निर्मला महिलातर्फ पहिलो भए ।

पुरुषमा मनकुमार रोका मगर दोश्रो तथा गोपाल तामाङ तेश्रो भए । महिलामा छोकी शेर्पा दोश्रो भइन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार रुपैयाँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य पदक जिते ।

उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोश्रो तथा हुमी बुढा मगर तेश्रो भए । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार रुपैयाँ प्राप्त गरे।

पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल प्रथम, निरज भट्ट द्वितीय र सुवास कार्की तृतीय भए । सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्माकुमारी सुनुवार दोश्रो र सोनिमा शेर्पा तेश्रो स्थानमा रहे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ जिते ।

विजेतालाई राखेपका सदस्य­­­­­­सचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य­­सचिव घिसिङले गरेका थिए ।

प्रतियोगितामा १२७ पुरुष, ३१ महिला र पाँच विदेशी खेलाडी सहभागी थिए । म्याराथन सुनापतीको हिलेदेखि सुरु भइ सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो ।

­­­


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।