चैत्र ७, २०८२ शनिबार | ०३:५१:४३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

वेदबहादुर र निर्मलालाई स्वर्ण

काठमाडौं । वेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । ५५ किलोमिटर दौडमा  वेदबहादुर पुरुष तथा निर्मला महिलातर्फ पहिलो भए ।

पुरुषमा मनकुमार रोका मगर दोश्रो तथा गोपाल तामाङ तेश्रो भए । महिलामा छोकी शेर्पा दोश्रो भइन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार रुपैयाँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य पदक जिते ।

उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोश्रो तथा हुमी बुढा मगर तेश्रो भए । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार रुपैयाँ प्राप्त गरे।

पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल प्रथम, निरज भट्ट द्वितीय र सुवास कार्की तृतीय भए । सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्माकुमारी सुनुवार दोश्रो र सोनिमा शेर्पा तेश्रो स्थानमा रहे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ जिते ।

विजेतालाई राखेपका सदस्य­­­­­­सचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य­­सचिव घिसिङले गरेका थिए ।

प्रतियोगितामा १२७ पुरुष, ३१ महिला र पाँच विदेशी खेलाडी सहभागी थिए । म्याराथन सुनापतीको हिलेदेखि सुरु भइ सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो ।

­­­


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो