नेपाली क्रिकेट

नेपाल र नामिबिया भिड्दै

काठमाडौं । त्रिदेशीय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने खेल विहान ११ः३० मा सुरु हुनेछ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आईसिसी विश्वकप क्रिकेट लिग–२ पछि ट्वान्टी २० खेल खेल्न लागेका हुन् ।

नेपाल घरेलु दर्शकमाझ सहज जित निकाल्ने दाउमा छ । दुबै टोलीको लक्ष्य भने विजयी सुरुवात गर्ने रहेको छ । नेपाल भ्रमणमा रहेको नामिबियाले त्रिवि मैदानमा पछिल्लो चार मध्ये तीन खेल जितेको थियो ।

नामिबियाविरुद्ध आसिफ शेख, कप्तान रोहित, करण केसी, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा जस्ता खेलाडीले सानदार प्रदर्शन गर्न सक्छन् ।