नेपाल प्रो क्लब च्याम्पियनसिप

प्रो क्लब च्याम्पियनसिपः आर्मीको लगातार चौथो जित

काठमाडौं । उत्तर प्रदेश क्लब ११ लाई ६५ रनले स्तब्ध बनाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाल प्रो क्लब च्याम्पियनसिपमा लगातार चौथो जित दर्ता गरेको छ ।

जितसँगै चार खेलमा आठ अंक जोडेको आर्मी शीर्ष स्थानमा छ । चारै खेलमा पराजित  उत्तर प्रदेश विना अंक पुछारमा छ ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य पछ्याएको उत्तर प्रदेश १४.३ ओभरमा ६७ रनमै समेटियो ।

उत्तर प्रदेशका लागि अल्टमश अलामले १६, तरुन कुमारले १२ तथा  शुबम चौधरी र जयदीप सिंहले समान ११ रन बनाए ।

आर्मीका लागि शाहब अलाम र पवन कार्कीले समान तीन तथा सोमपाल कामी र बसिर अहमदले समान तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि सन्तोष कार्कीले ४४, भीम सार्कीले २३, शाहब आलमले २२  बसिर अहमदले १४ रन बनाए ।

दोस्रो विकेटका लागि सन्तोष र बसिरले ५२ रुनको साझेदारी गरे । उत्तर प्रदेशका लागि वासी अन्सारीले तीन, शाहनशाह अहमद र शहिम हसनले समान दुई तथा तरुन कुमार र भीम शर्माले समान एक विकेट लिए ।