चैत्र १८, २०८२ बुधबार | १३:१०:३२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

काठमाडौं छनोटः ग्रेट हिमालयन फाइनलमा

काठमाडाैं । न्यु भिजन क्लबलाई सात विकेटले पराजित गर्दै ग्रेट हिमालयन क्रिकेट क्लब प्रधानमन्त्री कप छनोटका लागि काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो)मा न्यु भिजनले प्रस्तुत गरेको २ सय ५४ रनको लक्ष्य ग्रेट हिमालयनले ४०.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो  ।

ग्रेट हिमालयनका लागि कप्तान इशान पाण्डेले ९६ बलमा १० चौका र तीन छक्काको मद्दतले १ सय १९ रनको योगदान गरे । यसैगरी यसैगरी जव्याङ लामाले १ सय १५ बलमा ६ चौका र एक छक्काको मद्दतले ७५, सुबिन होडा र दीपक महतो कावतले अविजित ११ रन बनाए ।

पहिलो विकेटका लागि इशान र जव्याङले १ सय ९१ रनको योगदान गरे । न्यु भिजनका लागि राम चौधरीले दुई र सक्क्षम काफ्लेले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यु भिजनले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५३ रनको योगफल तयार पारेको थियो ।

न्यु भिजनका लागि हरिबहादुर चौहानले ९६ बलमा १३ चौकाको मद्दतले १सय ६ रनको योगदान गरे । यसैगरी बबिन बोहराले ३७, सक्क्षम काफ्लेले २७, सुशन कार्कीले २३ र प्रकाश चन्दले २१ रन बनाए ।

पहिलो विकेटका लागि हरि र बबिनले ९५ रनको साझेदारी गरे । सुबिन हाडाले तीन, इशान पाण्डे, जब्याङ लामा र दर्शिल विष्टले समान दुई तथा किरण बुढा मगरले एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो